उच्च पदस्थको दबाबमा कालोबजारी गर्ने सुलभ अग्रवाल आज रिहा हुँदै

शुक्रबार, ०५ बैशाख २०७७, १२ : १२
उच्च पदस्थको दबाबमा कालोबजारी गर्ने सुलभ अग्रवाल आज रिहा हुँदै

काठमाडौं  । कोरोनोको सन्त्रास फैलिएसंगै ज्वरो नाप्ने यन्त्र (थर्मल गन) कालोबजारी गरेको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल आज रिहा हुने भएका छन् । 

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई धरौटीमा रिहा गर्न लागेको छ । श्रोतका अनुसार कालोबजारीमा संलग्न अग्रवाललाई रिहा गराउन उच्च पदस्थ मन्त्री तथा दल नेता नै लागिपरेका छन् । उनीहरुको दबाबमा अग्रवाल आज रिहा हुन लागेका हुन् । 

हिजो (बुधबार) सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा सुनुवाई हुँदै उनलाई धरौटीमा रिहा गर्ने तयारी भैरहेको उच्च स्रोतले जनाएको छ । यसअघि  जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यापारी अग्रवाललाई यही मंगलबार पूनः पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । 

उनी गत चैत २५ गते पक्राउ परेका थिए । पहिलो पटक सात दिन हिरातसमा राख्न दिएको म्याद मंगलबार सकिएको थियो । र, प्रहरीले पुनः म्याद थपका लागि मंगलबार नै आग्रह गरेको थियो । र, प्रशासनले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । ५ दिन म्याद थप भएको आज दोस्रो दिन हो ।

कोरोनाको सन्त्रास फैलिएसंगै थर्मन गनको अभाव भईरहेको बेला व्यवसायी अग्रवालले चीनबाट सो सामग्री नेपाल भित्रयाएर ३ गुणा फाइदा लिदैं गर्दा पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस