कोरोना नियन्त्रण तथा रोकथामका लागि २७ टन स्वास्थ्य सामग्री नेपाल भित्रियो

शुक्रबार, ०५ बैशाख २०७७, ०९ : ५२
कोरोना नियन्त्रण तथा रोकथामका लागि २७ टन स्वास्थ्य सामग्री नेपाल भित्रियो

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनबाट शुक्रबार आज २७ टनभन्दा बढी मेडिकल सामग्री नेपाल भित्रिएको छ।

नेपाल एयरलाइन्सका दुई वटा चार्टर्ड जहाजले व्यवसायीले खरिद गरेका सामान लिएर नेपाल आइपुगेका हुन्। फ्लास फ्रेट र सांग्रिला फ्रेटले विमान चार्टर्ड गरेका हुन्। स्रोतका अनुसार सांग्रिलाले चार्टर्ड गरेको जहाजले १० टन र फ्लास फ्रेटले १७ टनभन्दा बढी मेडिकल सामग्री नेपाल ल्याएको छ।

यसअघि पनि व्यवशायीले खरिद गरेका सामान लिन नेपाल एयरलाइन्सको जहाज दुईपटक चीन गएको थियो। मेडिकल उपकरण र स्वास्थ्य सामग्री अभाव हुने हो कि भन्ने आशंका फैलिरहेको बेला यि औषधीजन्य सामग्री नेपाल भित्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस