भारतका बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश

एजेन्सी

विहीबार, ०४ बैशाख २०७७, २१ : ३०
भारतका बालबालिकालाई प्रधानमन्त्री मोदीको भिडियो सन्देश

फाईल फोटो

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनमा परेका बालबालिकालाई भिडियो मार्फत् सन्देश दिनुभएको छ । कोरोना भाइरस विरुद्धको लडाईलाई कसरी जित्ने भन्ने बारेमा सिकाउदै गरेको भिडियो बिहीबार प्रधानमन्त्री मोदीले सार्वजनिक गर्नुभएको हो । 

भिडियोमा उहाँले सामाजिक दुरी कायम गर्नु पर्ने आवश्यकता र त्यसका लागि लकडाउनको पालना गर्नु पर्ने कुरालाई जोड दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् सार्वजनिक गरिएको भिडियोमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईमा बालबालिकाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नु भएको छ । उहाँले भन्नुभएको छ, “कोरोना भाइरससँग लड्न बालबालिकाले धेरै तरिकाबाट सहयोग गर्न सक्दछन्, घरमै सुरक्षित बसेर अरुलाई शिक्षा दिन पनि सक्नेछन् ।”

प्रतिक्रिया दिनुहोस