गैंडाकोटको प्रहरी चौकी नजिकै बटुवा लुटिए, शिविल प्रहरी हुँ भन्दै आफूहरुलाई लुटेको गुनासो

विहीबार, ०४ बैशाख २०७७, १४ : ३६
गैंडाकोटको प्रहरी चौकी नजिकै बटुवा लुटिए, शिविल प्रहरी हुँ भन्दै आफूहरुलाई लुटेको गुनासो

– प्रकाश सिग्देल
नवलपुर । ईलाका प्रहरी कार्यालय गैडाकाटले  ३ जना युवालाई नियन्त्रणमा लिएको छ । कोरोनाको कारण अलपत्र परी घर जान बाटो हिड्दै गरेका बटुवालाई लुटेको आरोपमा गैडाकोटको धारापानिबाट उनिहरुलाई पक्राउ गरेको हो ।  बुधबार साझ गैडाकोेट स्थीत भृकुटी चोकमा हिडेर आउदै गर्दा बटुवालाई हामि पुलिस हौ भनी धम्काएर मोवाइएल तथा पैसा लुटेर भागेको पिडितको भनाईका आधारमा अनुसन्धान गर्दा बुधबार साझै दुई जना र बिहिबार दिउसो १ जना गरी ३ जनालाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरिक्षक  चन्द्र बहादुर थापाले बताउनु भयो । उनिहरुबाट चोरीको सामान भने बरामद नभैसकेकाले  म्याद थप गरि थप अनुसन्धान थाल्ने तयारी भएको थापा बताउनु हुन्छ । 

गोरखा देखी बर्दीया र सल्यान जान हिड्दै आएका श्रमिकहरुलाई भृकुटीचोकमा मोटरसाईकलमा आएका ब्यात्तिले हामि पुलिस है तपाईहरुको सुरक्षाका लागी आएको मोवाईल पर्स जे छ दिनु हामि राखिदिन्छौ भनी मागेको र नदिएपछि खोसेर बासको लाठ्ठी र हेलीमेटले टाउकामा हानेर भागेको पिडित दिप बहादुर बिकले बताउनु भयो । 

आफुहरु १० जनाको समुहमा रहेपनि कोही अघि र कोही पछि हुदा उनिहरुले थाकेर लथरान परेका आफना साथीहरु सबैलाई धम्काउदै ७ जनाको मोवाईल र ५० हजार जति नगद लगेको उहाको भनाई छ । अहिले पिडितहरु ईलाका प्रहरी कार्यालयको परिसरमा बसिराखेका छन ।

गैडाकोटका प्रहरी प्रमुख थापाले घटनाको बिषयमा सत्य तथ्य छानबिन गर्न आफनो टोलि क्रियासिल रहेको र दोशीलाई कानुन बमोजिम कारबार्ही गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस