काठमाडौं । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।
विश्वमा कोविड १९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो ।
चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताउनुभयो ।
चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो । हाल साउदी अरेबियामा कोविड १९ को महामारी बढ्दै गएको छ । सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ बैशाख २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’