काठमाडौं । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।
विश्वमा कोविड १९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो ।
चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताउनुभयो ।
चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो । हाल साउदी अरेबियामा कोविड १९ को महामारी बढ्दै गएको छ । सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ बैशाख २०७७, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’