काठमाडौँ । देशभरको मौसम आज बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै अहिले नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमीका केही क्ष्भागका अहिले पू्र्ण बदली भएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने आंशिक बदली अवस्था छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना