पूर्वानुमान : आज दिनभरको मौसम कस्तो रहला  ?

बुधबार, ०३ बैशाख २०७७, १० : ४१
पूर्वानुमान : आज दिनभरको मौसम कस्तो रहला  ?

काठमाडौँ । देशभरको मौसम आज बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै अहिले नेपालमा पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

मध्य र पूर्वका अधिकांश क्षेत्र तथा पश्चिमीका केही क्ष्भागका अहिले पू्र्ण बदली भएको छ । थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना र हावाहुरीसहित वर्षा भइरहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने आंशिक बदली अवस्था छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस