भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

पत्रपत्रिकाबाट

बुधबार, ०३ बैशाख २०७७, ०८ : ४६
भीआईपीको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्दै सरकार

काठमाडौं । सीमा नाकाको सुरक्षामा सुरक्षाकर्मी अभाव भइरहेका बेला सरकारले कार्यविधिविपरीत पूर्व विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने तयारी गरेको छ ।

गृहमन्त्री थापाले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई मन्त्रालय बोलाएरै सो निर्देशन दिएको गृह स्रोतले जानकारी दिएको छ ।

‘गृहमन्त्रीज्यूले दुवै सुरक्षा अंगका प्रमुखलाई कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न भनिसक्नुभएको छ, अब कार्यविधिविपरीतका सुरक्षाकर्मी फिर्ता हुन्छ,’ गृह स्रोतले भन्यो ।

कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले भारततर्फको दक्षिणी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसरी सुरक्षाकर्मी थप गर्दा सुरक्षा निकायले संख्या अपुग भएपछि भर्खरै तालिम सकाएर बसेका तथा विभिन्न गण तथा गुल्ममा रहेका सुरक्षाकर्मीलाई समेत पठाइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस