कोरोना भाइरसविरुद्धका दुई खोपलाई मानिसमाथि परीक्षण गर्न चीनको अनुमति

मंगलबार, ०२ बैशाख २०७७, ११ : २३
कोरोना भाइरसविरुद्धका दुई खोपलाई मानिसमाथि परीक्षण गर्न चीनको अनुमति

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि चीनले अनुमति दिएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन् । यसअघि गत मार्चमा चिनियाँ जनमुक्ति सेनाको एकाडेमी अफ मिलिटरी साइन्स र क्यानसाइनो बायोले तयार गरेको खोपलाई पनि क्लिनिकल परीक्षणका लागि चीनले अनुमित दिएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर १९ लाखभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । यसबाट १ लाख १९ हजार ६०० जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख ५० हजार निको भएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।