नियम तोड्दै प्रशिक्षकले दिए प्रशिक्षण

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ४६
नियम तोड्दै प्रशिक्षकले दिए प्रशिक्षण

एजेन्सी । जोसे माउरिन्हो सन्की स्वभावकै हुन् । माउरिन्हो मैदानभित्र र बाहिर आफ्नै नियम–कानुनअनुसार  चल्छन् । उनी आफ्नो काममा कसैको हस्तक्षेप स्विकार्न सक्दैनन् ।

घमन्डी र हक्की स्वभावका कारण नै उनी आबद्ध क्लबका पदाधिकारी पनि उनको गतिविधिप्रति चुप लागेरै बस्छन् । आफूले भनेजस्तो भएन भने उनी तत्कालै क्लब छाड्न पनि बेर लगाउँदैनन् । चेल्सी, रियल म्याड्रिड तथा म्यानचेस्टर युनाइटेडका पदाधिकारीसँग राम्रो व्यवहार कायम गर्न नसकेकाले ती क्लबबाट उनी बाहिरिएका थिए ।

यही स्वभावले गर्दा माउरिन्हो बारम्बार विवादमा आइरहने प्रशिक्षकमा पर्छन् । अहिले उनले यस्तै अनौठो काम गरेका छन् । बेलायतमा कोरोना भाइरसका कारण सामाजिक दूरी राख्न भनिएको छ । तर, टोटनह्यामका यी प्रशिक्षक माउरिन्हो सरकारद्वारा निर्देशित सामाजिक दूरी (सोसियल डिस्टाइन्स) कायम गर्नुपर्ने नियम मान्न तयार छैनन् ।

इंग्लिस प्रिमियरसिप लिग रद्द भएको अवस्थामै माउरिन्होले लन्डनपार्कमा खेलाडीलाई अभ्यास गराएका छन् । माउरिन्होले खेलाडीलाई सँगसँगै राखी प्रशिक्षण गराएको भिडियो ब्रिटिस मिडियाले सार्वजनिकसमेत गरेका छन् । प्रशिक्षणका क्रममा उनले केही पनि सावधानी अपनाएको देखिँदैन ।
 

प्रतिक्रिया दिनुहोस