नयाँ वर्षको पहिलो लकडाउन उल्लघंन गर्ने १७ समातिय, ३२ सवारी नियन्त्रणमा

सोमबार, ०१ बैशाख २०७७, २२ : ०३
नयाँ वर्षको पहिलो लकडाउन उल्लघंन गर्ने १७ समातिय, ३२ सवारी नियन्त्रणमा

file photo

मोरङ । कोरोना भाइरसको महामारी फैलिएसंगै सरकारले जारी गरेको लकडाउन उल्लघंन गरेको भन्दै नयाँ वर्षको पहिलो दिन लकडाउन अवज्ञा गर्ने १७ जना मानिस र ३२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोबेल कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपनि सर्वसाधारणले विहान र बेलुका महानगरका चौक, तथा सडकमा सर्वसाधारणको चलहपहल हुने गरेको छ।

सोही क्रममा सोमबार मोरंग प्रहरीले १७ जनामानिसलाई लकडाउन अवज्ञा गर्दै हिडेको अवस्था नियन्त्रणमा लिएको मोरंग प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। प्रवक्ता राईका अनुसार जिल्लाभर गरि १७ वटा मोटरसाईकल, २ वटा स्कुटी र १३ वटा साइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधन प्रहरीले लकडाउन खुलेपछि मात्र फिर्ता गरिने जनाएको छ।

त्यसैगरि, मोरङ्ग जिल्लामा ८४ पुरुष र ९ महिला गरी कुल ९३ जना सर्वसाधारण क्वारेन्टाइन तथा आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ। यसअघि हालसम्म १ सय ६२ पुरुष र १४ जना महिलासहित कुल १ सय ७६ जना क्वारेन्टाइनमा रहेका थिए। जसमा ७८ पुरुष र ५ महिला गरि कुल ८३ जना घर फर्किएका छन्।

 

प्रतिक्रिया दिनुहोस