आगामी वर्ष सबै विपत्ति सामना गर्न पूर्वाधार विकास गरिनेछ : मुख्यमन्त्री पौडेल

रासस

सोमबार, ०१ बैशाख २०७७, २१ : १६
आगामी वर्ष सबै विपत्ति सामना गर्न पूर्वाधार विकास गरिनेछ : मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी वर्षमा सबै प्रकारका विपत्ति सामना गर्न सक्ने गरी पूर्वाधारको विकासमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले हाम्रा स्वास्थ्य संस्था हरेक स्वास्थ्य समस्याको सामना गर्न सक्षम हुँदै गएको जिकिर पनि गर्नुभएको छ । 

कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको बताउँदै उहाँले हाम्रा जीवनशैली, व्यवहार, आहारविहार र आनीबानीमा पनि थुप्रै सुधार भएको पनि जिकिर गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस