एमाले-माओवादी एकता

एकतालाई अन्तिम रुप दिन एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु

सोमबार, ०७ फागुन २०७४, २० : ४०
एकतालाई अन्तिम रुप दिन एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकले करिब ५ महिनाको आन्तरिक गृहकार्यपछि पार्टी एकताको औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ। वाम गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको सहमतिलाई अनुमोदन गर्दै हस्ताक्षर गर्ने दुवै दलको तयारी छ ।बैठकले प्रमुख दुई नेताले जुटाएको सहमतिलाई लिखित रुपमा उतार्दै र अन्तिम खाका तयार गर्ने जनाइएको छ ।

एकीकृत पार्टीको नेतृत्वको विषयमा लामो समय आन्तरिक छलफल गरेका दुवै दल अन्तिम समयमा आएर सैद्धान्तिक विषयमा अल्झिएका थिए ।
सोमबार राति पौने आठ बजे सुरु भएको बैठकमा एमाले र माओवादीबीचको एकताका निर्णयहरु बुँदागत गर्ने र त्यसमा हस्ताक्षर हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस