एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १ हजार ८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकी राज्य न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय २७ रहेको छ । त्यसपछि न्यू जर्सीमा दुई हजार १ सय ८३, मिसिगनमा एक हजार ३ सय ९२, लुजियानामा ८ सय ६, मासासुचेट्समा ६ सय ८६ तथा क्यालिफोर्नियामा ६ सय ३० जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या पाँच लाख ३२ हजार भन्दा बढी पुगेको छ।
पछिल्ला केही दिनयता दैनिक ३० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुने दुवैका हिसाबमा सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । इटालीमा अहिलेसम्म १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ५२ हजार २ सय ७१ रहेको छ । यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ६, तथा संक्रमितको संख्या एक लाख ६३ हजार २७ त ।
फ्रान्समा अहिलेसम्म १३ हजार ८ सय ३२ जनाको कोभिड–१९ बाट ज्यान गइसकेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २९ हजार ६ सय ५४ रहेको छ । बेलायतमा ९ हजार ८ सय ७५, इरानमा ४ हजार ३ सय ५७, बेल्जियममा तीन हजार ३४६ तथा नेदरल्याण्डमा दुई हजार ६ सय ४३ जनाको ज्यान गएको छ ।
विश्वभर अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार ७ सय ७३ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या १७ लाख ७८ हजार ८ सय ५७ पुगेको छ । अहिलेसम्म चार लाख दुई हजार ६ सय५१ जना निको भएर घर फर्किएका छन् । कोरोनाको संक्रमण रोक्न विभिन्न प्रयास र सतर्कता अपनाईएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । दिन प्रति दिन यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या थपिदैं गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले राख्यो १० बुँदे प्रस्ताव
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
अमेरिकी टोली फर्केलगत्तै चिनियाँ टोलीको प्रवेश
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने