‘इन्टरनेट गुणस्तरमा नेपालको सुधार’

आइतबार, ३० चैत्र २०७६, ०८ : ४४
‘इन्टरनेट गुणस्तरमा नेपालको सुधार’

काठमाडौँ । बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड) मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ ।

त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ । इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४.२२ एमबीपीएस छ ।

त्यस्तै अपलोड स्पिड भने ८.४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।

ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०.४७ एमबीपीएस छ भने अपलोड स्पिड १०.७३ एमबीपीएस छ । मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस