भारतीय प्रधानमन्त्री मोदी भिडियो बैठकमा

एजेन्सी

शनिबार, २९ चैत्र २०७६, २० : ०९
भारतीय प्रधानमन्त्री मोदी भिडियो बैठकमा

File-photo

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित हुनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गर्नुभएको थियो ।  मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उहाँ मुखमा मास्क लगाएको अवस्थामा देखिनु भएको थियो । 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उहाँले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिनुभएको थियो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गर्नु भएको थियो । उहाँले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसक्नु भएको छ । 
उहाँले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस