कोरोनाको उपचारमा मलेरियाको औषधिले काम गर्न सक्छ ? परिक्षण शुरु

शुक्रबार, २८ चैत्र २०७६, २१ : ३४
कोरोनाको उपचारमा मलेरियाको औषधिले काम गर्न सक्छ ? परिक्षण शुरु

फाईल फोटो

एजेन्सी । कोरोनाको सन्त्रास फैलिएसंगै महामारीको रुप लिएपछि यसको औषधी के होला भनेर धेरैले खोज अनुसन्धान गर्दै आईरहेको छ । यसै बिच अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट ‘एनआईएच’ ले बिहीबार मलेरिया ‘औलो’ रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोना भाइरसको उपचारका लागि उपयुक्त औषधी हुन सक्ने भन्दै  परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन् ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक ‘आठ डोज’ दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिनु भएको थियो । ट्रम्पले भने, “क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।”

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन ‘एफडिए’ ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या ४ लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । कोरोना संक्रमण रोकथामका लागि विभिन्न प्रयासहरु गरिएपनि संक्रमणको दर रोकिन सकेको छैन् ।

राष्ट्रपति ट्रम्पले अबको दुइ साता धेरै चुनौती पुर्ण हुने र संक्रमणकै कारण धेरैको ज्यान जान सक्ने औल्याएका छन् । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क प्रभावित बनेको छ । यो शहरमा सबैभन्दा बढी संक्रमित र मृत्यु दर रहेको छ ।

प्रतिक्रिया दिनुहोस