रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाडेर पुरानै क्लब रियल म्याड्रिड फर्कने चर्चा

शुक्रबार, २८ चैत्र २०७६, ११ : २१
रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाडेर पुरानै क्लब रियल म्याड्रिड फर्कने चर्चा

एजेन्सी । पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाडेर पुरानै क्लब रियल म्याड्रिड फर्कने चर्चा चल्न थालेको छ । 

रोनाल्डोका साथी एवं पोर्चुगलका खेलाडी जोस फोन्टले पनि रोनाल्डो रियल फर्कने बताएका छन् । ‘रोनाल्डो रियलमै फर्किए कुनै आश्चर्य हुने छैन ।

ब्यक्तिगत रुपमा रोनाल्डो युभेन्ट्समा त्यति खुशी पनि छैनन् । उनले रियलमा खेल जीवनको महत्वपूर्ण समय विताएको र अधिकांश उपलब्धि हात पारेका छन् । रोनाल्डोको मनपर्ने साथीभाई पनि रियलमै छन्,’ फोन्टले भने ।

पछिल्लो समय इटालीमा फैलिएको केरोनाको महामारी र युभेन्ट्सलाई आइपर्न सक्ने आर्थिक संकटले पनि यस हल्लालाई केही हदसम्म ढाडस दिएको छ ।

हालैमात्र युभेन्ट्सले खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको छ । त्यसैले पनि युभेन्ट्सले आर्थिक संकटमा महंगा रोनाल्डोलाई धान्न नसक्ने खबर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस