एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम बृद्ध उमेरका व्यक्तिमा भएपनि अहिले १ सय १ वर्षिय एक बृद्धले कोरोनालाई परास्त गरि निको भएका छन् ।
बेलायतको वोरसेस्टरशायरका १०१ वर्षका व्यक्तिले कोरोना भाइरसलाई जितेका छन् । १०१ वर्षका किथ वाट्सनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । तर उनले कोरोना भाइरसलाई जितेका छन् ।
अस्पतालबाट निको भएर घर फर्किएका किथसहितको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै शेयर भएको छ । किथ बुधबार अस्पतालबाट बिदा भएका हुन् ।
चीन तथा अमेरिकामा भएका अध्ययन तथा विश्वभरबाट प्राप्त भएका तथ्यांकका विश्लेषणमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी पर्ने तथा मृत्यु हुने जोखिम पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको छ । त्यस्तै संक्रमणबाट कतिपय देशमा अत्याधिक बृद्धबृद्धाको ज्यान समेत गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि