कोरोना संक्रमित आठ जनाको अवस्था सामान्य

पत्रपत्रिकाबाट

शुक्रबार, २८ चैत्र २०७६, ०७ : १७
कोरोना संक्रमित आठ जनाको अवस्था सामान्य

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित आठजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन्। नेपालमा हालसम्म नौजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये एकजना निको भइसकेका छन्।

संक्रमितमध्ये चारजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।सुदूरपश्चिमका पहिलो संक्रमित दुबईबाट फर्केका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवक दुई सातादेखि उक्त अस्पतालमा उपचाररत छन्। उनकै ३४ वर्षीयाभाउजू, कैलालीको लम्की चुहा नगरपालिका ९ का २१ वर्षीय युवक र कञ्चनपुरकोवेदकोट नगरपालिका१० का ४१ वर्षीय पुरुषकोपनि चैत २२ देखि सोहीस् अस्पतालमा उपचार भइरहेको छ। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको औषधि अहिलेसम्म पत्ता लागेको छैन। तर पनि छिमेकी मुलुक भारत,संक्रमण धेरै फैलिएको अमेरिकालगायतले कोरोना संक्रमित बिरामीलाई विभिन्न औषधि प्रयोग गरिरहेका छन्। नेपालमा भने कोरोना संक्रमण देखिएका बिरामीलाई कुनै औषधी प्रयोग गर्ने भन्ने गाइड लाइन अझैसम्म बनेको छैन।

 कोरोना संक्रमण भएका मध्ये ८० प्रतिशतमा सामान्य लक्षण देखिन्छ र निको हुन्छ।१० देखि १५ प्रतिशतमा केही बढी समस्या देखिन्छ भने पाँच प्रतिशतलाई मात्र भेन्टिलेटरबाट कृत्रिम श्वास दिनुपर्ने हुन्छ।

‘कोरोना (कोभिड–१९) को औषधि पत्ता लागेको छैन तर पनि विभिन्न अनुसन्धानले केही औषधिको प्रयोगले मृत्युदर घटाएको देखाएका छन्,’सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष विभाग प्रमुख तथा संक्रमितको उपचारमा संलग्न चिकित्सक जगदीश जोशीले भने,‘हामीले पनि संक्रमितको उपचारमा उपयोगी औषधिप्रयोग गर्नेछौं।’अवस्था जटिल बने मलेरिया रबाथरोगमा उपयोगी औषधी प्रयोग गरिने उनको भनाइ छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस