शुलभ प्रकाउ पछि प्रधानमन्त्री र गृहमन्त्री अचम्मित !

विहीबार, २७ चैत्र २०७६, ०९ : ३२
शुलभ प्रकाउ पछि प्रधानमन्त्री र गृहमन्त्री अचम्मित !

काठमाडौं । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारस्थित गृह मन्त्रालयमा एकै समय आसपास एउटा सन्देश पुग्यो–थर्मल गन कालोबजारीको एक जना ब्यवसायी पक्राउ परे । प्रक्राउ परेका ब्यक्तिका विषयमा प्रहरीलाई पनि राम्रोसँग जानकारी थिएन । उनी कुन स्तरका ब्यवसायी थिए भन्ने ।

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले पनि पक्राउ परेका ब्यवसायीका विषयमा जानकारी पाएका थिएनन् । मात्र एक जना ब्यवसायी पक्राउ परेको खबर सम्म पाएका थिए । पाउन पनि कसरी प्रहरीलाई नै उनी यति ठूला ब्यवसायी भन्ने पत्तो थिएन ।  शुलभ अग्रवालको पक्राउ पछि मात्र उनी शंकर गुप्रका निर्देशक, जगदम्बा स्टिलका सञ्चालक देखि नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य देखि इन्स्योरेन्स कम्पनीका मालिक सम्म भएको इतिवृतान्त खुल्न थाले ।  

त्यसपछि भने प्रधानमन्त्री र गृहमन्त्री समेत अचम्मित बने । अर्बौका धनी अग्रवाल कसरी यस्तो कालोबजारीको धन्दामा लागे ? किन उनले यस्तो संकटका बेला यस्तो धन्दा गरे ? प्रधानमन्त्री देखि गृहमन्त्रीसम्म अचम्मित बने । त्यसपछि भने शुलभलाई छुटाउन प्रहरी देखि गृहमन्त्रीसम्मलाई अनेक खालका मान्छेहरुले फोन गर्न थाले । त्यसरी फोन गर्नेमा नेकपाका शक्तिशाली नेताहरु देखि ब्यापारी, ब्यवसायी सम्म थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड त ज्यान नै फालेर शुलभलाई छुटाउन लागिपरेका थिए । गृहमन्त्री थापालाई प्रधानमन्त्री निकट नेता भएको बताउँदै छोडनलाई समेत दबाब पनि पुग्यो । तर पनि उनले अग्रवाललाई छोड्न चाहेनन् ।  संकटका बेला कालोबजारी गर्ने जो कोही हुन्, सजायको भागीदार बन्नैपर्छ, म जोसुकै होउन छोडने पक्षमा छैन, कारवाही गरेरै छोडछु, अग्रवाललाई छोडन आउने टेलिफोनमा गृहमन्त्रीले यस्तै जवाफ दिन्थे । 

प्रधानमन्त्रीले पनि कालोबजारी गर्नेलाई नछोडने संकेत गरेपछि अग्रवाल छुटने कुनै संकेत ब्यापारी देखि उनलाई छोडाउन लाग्नेहरु कसैले पाउन सकेनन् । अखिर उनलाई कालोबजारी ऐन २०३२ अनुसार मुद्दामा कारवाही प्रक्रिया प्रहरीले अगाडी बढायो । जिल्ला अदालत काठमाडौंबाट उनलाई एक साता प्रहरीले अनुसन्धानका लागि समय पाएको छ । दोषी देखिए अग्रवाललाई ५ वर्ष सम्म कैदको सजाय हुने गरी प्रहरीले मुद्दा अगाडी बढाएको छ ।
 

प्रतिक्रिया दिनुहोस