बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण

विहीबार, २७ चैत्र २०७६, ०९ : २१
बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यस अगाडी पनि १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । अब पछिल्लो पटक देखिएको सहित २२ नेपालीमा त्यहाँ कोरोना संक्रमण देखिएको हो ।

मान्मास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको छ । दूतावासका अनुसार, केही समय अगाडि सल्मादस्थित एक क्याम्पमा १ जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ८ सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरुमध्ये ५ जनाको ज्यान गएको छ भने ४ सय ७७ जना उपचारपछि निको भएका छन् । खाडीं मुलुकमा संक्रमितमध्ये उपचारपछि डिस्चार्ज हुनेको सबै भन्दा धेरै संख्या बहराइनमा रहेको छ ।

संक्रमित नेपालीहरुका बारेमा नेपाली दुतावास जानकार रहेको र उनीहरुको उपचारका लागि बहराइन सरकारसँगको समन्वयमा काम भईरहेको दुतावासले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा केही दिन अगाडी मात्रै चासो राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस