विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भन्यो : महामारीमा पनि राजनीति गर्ने ?

विहीबार, २७ चैत्र २०७६, ०८ : ५५
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भन्यो : महामारीमा पनि राजनीति गर्ने ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका विषयमा राजनीति नगर्न विश्वका नेताहरुलाई आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले यो महामारीसँग राजनीति गरे विश्वमा अझै धेरै मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

महामारी पछि ओमरिकाले डब्लुएचओ चीन केन्द्रीत भएको भन्दै उस्तै परे डब्लुएचओलाई दिदै आएको आर्थिक सहयोग नै रोकिदिने चेतावनी दिएपछि डब्लुएचओका महानिर्देशकको यो पछिल्लो अभिब्यक्ति आएको हो ।  उनले विश्वका दुई शक्तिराष्ट्र अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व प्रदान गरेर महामारीसँग जुध्न अन्य देशलाई पनि सहयोग गर्न आग्रह गदै त्यस्तो भनेका हुन् । 

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार उनको यो पछिल्लो अभिब्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पको डब्लुएचओलाई लक्षित गदै निरन्तर आईरहेको भनाईप्रति लक्षित थियो ।  चीनले कुशलतापूर्वक आफ्नै देशको वुहानवाट शुरु भएको कोरोना भाइरससँग जुधेर विजय प्राप्त गरेको र अमेरिका अहिले हायलकायल भईरहेको बेला चीन र अमेरिका बीच अबको दशकमा को शक्तिशाली बन्ने भन्ने भित्री संर्घष जारी छ ।

त्यही बेला अमेरिकाले डब्लुएचओलाई चीन पक्षधर भएको आरोप लगाउदै आएको थियो । डब्ल्यूएचओको घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताउदै यस्ता बेला राजनीति नगर्न अपिल गरेका हुन् । 

धेरै मानिसलाई मृत्युबाट बचाउने हो भने यो विषयमा राजनीति गर्न नहुने उनको भनाई थियो । एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने डब्लुएचओका महानिर्देशकको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस