चितवनको रत्ननगरमा लकडाउनले आहत बनेका विपन्न परिवारलाइ राहत वितरण

विहीबार, २७ चैत्र २०७६, ०८ : ४३
चितवनको रत्ननगरमा लकडाउनले आहत बनेका विपन्न परिवारलाइ राहत वितरण

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका अति विपन्न, ज्याला, मजदुरी गर्ने बर्गलाई राहत वितरण सुरु गरेको छ । नगरपालिक मेयर नारायण वनले ज्याला मजदुरी गरेर जिविका चलाउने अति विपन्नहरुको विवरण संकलन गरेको र १६ वटै वडामा राहत वितरण गरेको जानकारी दिनुभयो ।

उहांले मजदुरी गरेर पारिवार पाल्दै आएका अति विपन्न परिवारलाई परिवार संख्याका आधारमा पाँच किलो देखि २५ किलो चमल,एक किलो दाल,एक लिटर तेल,एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय अनुरुप वितरण गरेको बताउनभुयो । रत्ननगर नगरपालिका वडा नं ३ मा मेयर वनले राहत हस्तान्तरण गरी वितरणको औपचारिक सुरुवात गरेका थिए । बुधवार नै वडा नं १४ का अति विपन्न परिवारलाई पनि राहत वितरण गरिएको छ ।

राहत वितरणको औपचारिक सुरुवातसंगै आगामी दिनमा अन्य वडाहरुमा पनि राहत वितरण गरिने छ । सो नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली अबम्वन गरेको छ । नगरभित्रका ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारले स्थानीय सरकारले नै राहत वितरण गर्ने गरी एकद्धार प्रणाली लागु गरिएको मेयर नारायण वनले बताए ।

सामाजिक संघसंस्थाहरुले राहत वितरण गर्दा एउटै परिवारले पटक पटक पाउने र कसैले पाउदै नपाउने विगतले देखाएको भन्दै मेयर वनले नदोहोरिउन र कोही नछुटिउन भन्नका लागि एकद्धार प्रणाली अबम्बन गरिएको हो । नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली लागु गरेपछि निजी क्षेत्र र सामाजिक संघसंस्थाहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरिरहेका छन ।

सो नगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणका लागि प्रत्येक वडालाई तीन तीन लाख रुपैया प्रदान गर्ने निर्णय गरेको उपमेयर विमला दुवाडीले जानकारी दिइन । 
 

प्रतिक्रिया दिनुहोस