काठमाडौं । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथी नेताहरुले प्रश्न उठाएका छन् । सचिवालय सदस्यहरुको तिब्र दबाब पछि मंगलबार नेकपाको सचिवालय बैठक बसेको थियो ।
नेताहरूले बैठकमा कोरोनाभाइरस संक्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका लागि चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा छानविन हुनुपर्ने माग गरेका थिए । ओम्नीदेखि नेपाली सेना सम्मलाई सामान खरिदका विषय उठाउँदै नेताहरुले यसमा प्रधानमन्त्री ओलीकै भूमिकामाथी प्रश्न उठाएका थिए ।
नेताहरुले प्रश्न उठाएपछि ओलीले आफूले पनि यस विषयमा थाहापत्तो नपाएको र के भएको भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएका थिए ।
‘मलाई पनि के भएको हो जानकारी भएन, म पनि बुझदै छु आवश्यक परे छानबिन गर्छु’ ओलीले बैठकमा नेताहरुलाई प्रष्टिकरण दिएका थिए ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री ओलीले त्यसबारे आफूले अध्ययन गरिरहेको जानकारी बैठकमा गराएका थिए ।
‘समग्रमा जे भएको छ, यो बारेमा अध्ययन गर्नुप¥यो, छानबिन गर्नुप¥यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्नुपर्छ, छानबिन गर्ने निकायहरू छन् । ती निकायहरूलाई काम गर्न लगाउनुप¥यो, प्रधानमन्त्री गम्भीर हुनुप¥यो भनेर हामीले कुरा उठाएका थियौं,’ खनालले भने,– ‘प्रधानमन्त्रीले म आफै पनि यस विषयमा के भएको रहेछ भनेर बुझ्दै छु, आवश्यक परे छानबिन गर्छु भन्नुभएको छ ।’
छानविन गर्लान् त प्रधानमन्त्रीले ?
स्वास्थ्य खरिद प्रकरणमा ओम्नी समुहलाई खरिदको जिम्मा दिन सरकारकै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको हात छ ।
ओम्नीसँग यी नेताहरुको सम्बन्ध बढाउन र खरिदको जिम्मा दिलाउन हिमालयन ह्वाइटहाउसका सञ्चालक युवराज शर्माले जोड दिएका थिए ।
ओम्नी गुप्रका तिलहरी, विशाल पण्डित, शर्मा लगायतले आफू सहितको कमिसनमा मन्त्रीहरु पोखरेल ढकाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालसम्मको कमिसनका कारण ओम्नीलाई जिम्मा दिलाउने काम भएको थियो ।
महँगो दररेटमा गुणस्तरहिन सामग्री खरीद गरी विवादास्पद कम्पनीलाई जिम्मा दिँदा चरम आर्थिक अनियमितता भएको आवाज उठेपछि प्रधानमन्त्रीको हस्तक्षेपमा सम्झौता रद्द भएको थियो । त्यसपछि सेनालाई खरिदको जिम्मा दिईएको छ । तर यसभित्र फेरि ओम्नीलाई नै केही मन्त्रीहरुले खरिदका सामग्री ल्याउन दिने गरी अदृश्य गतिविधि रोकेका छैनन् ।
उपप्रधानमन्त्री समेतको संलग्नतामा अनियमितताको आरोप उठेपछि यसले पार्टीको प्रतिष्ठामा आँच आएको भन्दै सचिवालय बैठकमा नेताहरुले प्रश्न उठाएका थिए । नेताहरुले चर्काे आवाज उठाएपछि प्रधानमन्त्रीले आफूले पनि यस विषयमा थाहा नपाएको र के भएको रहेछ भनी अनुसन्धान गरिरहेको बताएका थिए । खरिद प्रकरणमा प्रधानमन्त्री ओलीका आफ्नै सचिवालय र त्यसमा पनि विश्वासप्राप्त मुख्य सल्लाहकार विष्णु रिमाल, आफ्नो उत्तराधिकारीका रुपमा रहेका उपप्रधानमन्त्री पोखरेल र आफ्नै निकट स्वास्थ्यमन्त्री जोडिएकाले पनि प्रधानमन्त्री निक्कै अप्ठयारोमा छन् ।
नेताहरुलाई कारवाही गरौं, या हटाँउ आफैलाई अप्ठयारो, नहटाउ नेताहरुका कारण सरकारको आचमा प्रश्न उठनेदेखि पार्टीभित्रका इतर समुहका नेताहरुको निरन्तरको प्रेसरले ओली यतिबेला अप्ठयारोमा छन् । मंगलबारको सचिवालयमा नेताहरुले चर्काे आवाज उठाएपछि उनले आफूले यस विषयमा बझुदै गरेको र आवश्यक पर्दा कारवाही गर्ने भन्दै पन्छिएका छन् ।
उनले ओम्नीलाई सम्झौता दिलाउन भूमिका खेलेका आफू निकट नेतालाई अब के गर्छन् ? के साँच्चै कारवाहीको भागीदार बनाउन सक्छन् ? अहिले त्यो प्रतिक्षाको विषय बन्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली