कोरोना सन्त्रास

भारतीय सिमानाकाको चोरबाटोमा कडाई नहूँदा दिनहुँ जोखिम बढ्दो

बुधबार, २६ चैत्र २०७६, १० : ४८
भारतीय सिमानाकाको चोरबाटोमा कडाई नहूँदा दिनहुँ जोखिम बढ्दो

काठमाडौँ । भारतमा दिनदिनै कोरोना संक्रमितको दर र मृत्यु दर बढ्दो छ । त्यसको जोखिम प्रत्यक्ष रुपमा नेपालमा पनि परिरहेको छ ।  नेपाल भारत सीमा नाकाबाट दैनिक आइरहेका र विदेशबाट आएका अटेरीहरुले परिक्षण नगराई भित्रिने र समुदायमा बसिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका नागरिकले क्वारेन्टाइनमा बस्न नमानेको रोश प्रकट समेत गरे ।

उनले मंगलबारको सम्बोधनमा त्यसरी आउनेले स्वास्थ्यकर्मी, जनप्रतिनिधिसँग सम्पर्क गरेर कोरोना विरुद्धको लडाँइमा सघाउन अपिल पनि गरेका छन् ।  हुन पनि एक जनाको लापरवाही कति खतरनाक हुन्छ । त्यो अमेरिकको उच्च संक्रमणले पुष्टि गरिसकेको छ । त्यहाँ त्यसरी विदेशबाट आएका एकाधले र सरकारले पनि ध्यान नदिदा आज धेरैले ज्यान गुमाउन पुगे । यही तथ्य जानेर होला प्रधानमन्त्री ओलीले भने, एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पु¥याउन सक्छ । ।

तर पछिल्लो समय अन्यत्र विदेशबाट यस अघि नै आएका सबै नेपाली नागरिक संक्रमणको परिक्षण गर्न प्रयोगशाला वा अस्पतालको ढोका ढकढकाउन पुगेका छैनन् । अझ नेपाल भारतको नाकाहु्ँदै नेपाल प्रवेश गर्नेको हुल थामिएको छैन् । सिराहा, सप्तरी, नेपालगंज, दार्चुला, काकडभिट्टा, माडी ठोरी, विरगंज लगायतका सीमा नाकाबाट दैनिकजसो नै तिब्र आवत जावत भैरहेकै छन् । सरकारले नेपाल भारत सीमामा रहेका र आउनेको व्यवस्थापन गरिने बताइरहँदा असावधानीपूर्वक आउने अटेरीहरुको संख्या घटेको छैन् ।

मुख्य बाटोमा ढाट टाँगिएको हुन्छ । प्रहरी र स्वास्थ्यकर्मी उपकरण लिएर उभिएका हुन्छन् । तर अटेरीको समुह हात हल्लाउदै चोरबाटोबाट खुलेआम नेपाल भित्रिरहेका छन् । यसरी चोरबाटोबाट आएका कतिपयको फोटो  सामाजिक सञ्जालमा पोष्टिरहेका छन् ।  यतिबेला भारतमा कडा संक्रमण चलिरहेको छ । दैनिकजसो एकसय बढिमा कोरोना भाइरसको संक्रमण भैरहेका छन् । विगत २४ घण्टामा मात्र १३० जनामा संक्रमण देखिएको छ ।

हालसम्म पाँचहजार बढी संक्रमण भेटिइसकेको छ । जसमध्ये झण्डै डेढसयको मृत्यु भैसकेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियामा संकट मौलाइरहेको बताइरहँदा भारतमा तिब्रदरमा संक्रमण बढेको बढ्यै छ । तर त्यहीँबाट जोगिने नाममा संक्रमणको पोको बोकेर आउने अटेरीहरु क्वारेन्टाइनमा नबसी समुदायमा विचरण गरिरहेका छन् ।  नेपालमा सबैभन्दा बढि संकट यतिबेला भारतबाट नै हो । तर सरकारले लकडाउनको अवधि लम्ब्याउदै गर्दा अटेरीहरुको जमात बढी छ । सीमामा राम्ररी निगरानी समेत गर्न सकिएको छैन । न त उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरेका छन् । न त आफ्ना परिवार र समुदायको नै । 

रोटीबेटीको सम्बन्धको नाता जनस्वास्थ्यका लागि यतिबेला घातक बन्दै गइरहेको छ । कोही मामा घर जाने, कोही ससुराली जाने त कोही माइत जाने बहानामा सीमापारबाट जंगल, नदी र चोरबाटोबाट नेपाल भित्रिरहेका छन् । लक डाउनको समय भएपनि रातको समयमा हिडेरै एक शहरबाट अर्को र एक प्रदेशबाट अर्को प्रदेशमा ति अटेरीहरु भ्रमण गरिरहेका छन् ।  केहीदिन अघिमात्र दार्चुलामा महाकालि नदी तरेरै केही अटेरीहरु जबरजस्ती भित्रिएका थिए ।

केही अटेरी क्वारेन्टाइनमा नबसी भागाभाग गरेका थिए । सुटुक्क भित्रने अटेरीको लेखाजोखा स्वयं सरकारले पनि गर्न सकेको छैन् । जुन कोरोना भाइरसभन्दा पनि खतरनाक भाइरस बनेर देश भित्रिरहेका छन् । जुन देशमा छन् त्यही देशले व्यवस्थापन गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड खुलेआम उल्लंघन भैरहेको छ ।  यसरी अटेरी गर्नेको गतिलो व्यवस्थापन नेपाल भारतमा सीमानामा नगरिएको खण्डमा भारतमा फैलदै गएको कोरोनाको जालो नेपालमा नआउला भन्न सकिन्न । त्यसैले सरकार, प्रहरीमात्र हैन आफन्ती र स्थानीय समुदायले पनि प्रतिरोध गर्ने वातावरण बनाउनु आवश्यक देखिएको विज्ञहरु बताउँछन् । 

भोली आफन्तीको मलामी जानुभन्दा अहिले नै सावधानी अपनाउन सीमापारबाट आउने ति अटेरीलाई चेतको लौरोले सचेत गराउनुपर्नेमा विज्ञ जोड दिन्छन् । नेपालमा ९ जनामा संक्रमण देखिएको छ । झण्डै दुई हजारको परिक्षण भईसकेको छ भने । अहिले ९ हजार बढी क्यारेन्टाईन्मा छन् । भारत भूमिमा हजारौँ नेपाली क्वारेन्टाइन्मा छन् । गृहमन्त्री रामबहादुर थापाले मुलुकको दक्षिणी नाकाबाट जोखमि बढेको बताइसकेका छन् । त्यसैले सरकारल ेकडाई पनि थालेको छ । यसलाई अझै प्रभावकारी बनाउन सक्नुपर्छ । नत्र नेपालमा पिडा बल्झिन्छ । 
 

प्रतिक्रिया दिनुहोस