कोरोना भाइरसका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

मंगलबार, २५ चैत्र २०७६, १२ : ५८
कोरोना भाइरसका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको मृत्यु भएको छ ।

एलायन्सका सेक्रेटरी खलेद अल-म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि (मार्च २१ मा) हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । 

लिबियामा अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।