काठमाडौं । लकडाउन सुरु भएपछि विद्युत् बिक्री बापत् नेपाल विद्युत प्राधिकरणले दैनिक ६ करोडसम्म नोक्शान बेहोर्नुपरेको छ ।
१२ चैतबाट लकडाउन सुरु भएयता दैनिक विद्युत् खपतको परिमाणका आधारमा ६० लाख युनिटसम्म कम हुन थालेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । बढी विद्युत् खपत गर्ने उद्योग तथा प्रतिष्ठानहरू बन्द भएपछि अवस्था यस्तै रहे प्राधिकरणले एक महिनामा झण्डै २ अर्ब आम्दानी गुमाउने उनको भनाई छ ।
‘हाल विद्युत् खपत दैनिक ५५ लाखदेखि ६० लाख युनिटसम्म कम भएको छ,’ उनले भने, ‘प्रतियुनिट १० रुपैयाँका दरले झण्डै २ अर्ब आम्दानी घट्न थालेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली
बक्यौता महसुल उठाउन लाइन काट्दै विद्युत प्राधिकरण
विद्युत प्राधिकरणलाई बाह्रबिसे सबस्टेसनको तत्काल निर्माण सक्नु पर्ने दबाब
विद्युत प्राधिकरणका पूर्व मेकानिकल इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा
विद्युत प्राधिकरणले थाल्यो चालु खर्चहरुमा कटौती