काठमाडौं । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ ।
“चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,” दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
सहयोगबारे दक्षिण सुडानका लागि चिनियाँ राजदूत हुआ निङले भन्नुभयो, “चीनले दक्षिण सुडानसँग खाद्यान्न सुरक्षा, स्वास्थ्य, राहत सहयोग जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ र यो पछिल्लो सहयोग यसैको निरन्तरता हो ।
“चीनले दक्षिण सुडानसँग कोभिड–१९ भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि निकै नजिकबाट सहयोग गरिरहेको बेला हामी भोकले आक्रान्त रहेका नागरिकलाई सहयोग गर्न यथासक्दो पहल गरिरहेका छौं,“ हूले भन्नुभयो ।
छ वर्षको गृहयुद्वका कारण प्रभावित दक्षिण सुडानमा गत हप्ताको अन्त्यमा कोभिड–१९ बाट सङ्क्रमित पहिलो व्यक्ति भेटिएका थिएभने अहिलेसम्म थप सङ्क्रमित व्यक्ति भने भेटिएका छैनन् । यहाँ कोभिड–१९ भन्दापनि अलिेसम्म गम्भीर खाद्यान्न असुरक्षा र कुपोषणको अवस्था रहेको भन्दै चीनले दक्षिण सुडानमा अन्य कार्यक्रमहरू पनि गर्दै आएको यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
चिनियाँ दूतले बेइजिङ्को दृढ समर्थन दक्षिण सुडानलाई दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सहयोग गर्नेमा रहने पनि बताउनुभयो ।
“हामीलाई विश्वास छ कि शान्ति प्रक्रियाको निरन्तर प्रगतिका साथै दक्षिण सुडान र अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयासले देशले अगाडि आउने चुनौतिहरूलाई पार गर्न सक्ने विश्वास लिएका छौँ ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ चैत्र २०७६, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण