अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको  मृत्यु

रासस

सोमबार, २४ चैत्र २०७६, १४ : ०९
अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको  मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । 

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क  लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उहाँकोे आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिनुभयो । 

उहाँका तीन छोरी  रहेका छन् । उहाँको पति रोजगारीका लागि हाल भारतमा रहेका छन् । उहाँकी कान्छी छोरी १८ महिनाकी भएकी छिन् । (रासस) 

प्रतिक्रिया दिनुहोस