मोदीलाई गान्धीको व्यंग्य : दियो बाल्न लगाएर कोरोना भाग्दैन

आइतबार, २३ चैत्र २०७६, १३ : ३०
मोदीलाई गान्धीको व्यंग्य : दियो बाल्न लगाएर कोरोना भाग्दैन

एजेन्सी । कोरोनाभाइरसविरुद्धको लडाइँमा जनतालाई उत्साहित पार्नका लागि भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति ९ बजे बत्ती निभाएर दियो बाल्ने आह्वान गरेकोमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले त्यसमाथि व्यंग्य गरेका छन् । 

उनले भने, ‘भारतमा कोरोनाको पर्याप्त जाँच गरिएको छैन । मानिसलाई ताली बजाउन र दियो बाल्न लगाएर समस्याको समाधान हुँदैन ।’

राहुल गान्धीले आँकडाहरू प्रस्तुत गर्दै प्रति दश लाख मानिसको स्वास्थ्य जाँचका विषयमा भारत अहिले पाकिस्तानभन्दा पनि पछि रहेको बताए । ‘भारतमा कोरोना जाँच नै कम गरिएको छ किनकि प्रधानमन्त्रीलाई यस्तो वास्तै छैन,’ उनले भने । 

शनिवारसम्म भारतमा ७० हजार स्याम्पलको कोरोना जाँच गरिएको छ । 

प्रतिक्रिया दिनुहोस