स्वास्थ्य सामग्री खरिद मन्त्रीलाई थाहा नदिइ सेनालाई जिम्मा

आइतबार, २३ चैत्र २०७६, ०८ : ४६
स्वास्थ्य सामग्री खरिद मन्त्रीलाई थाहा नदिइ सेनालाई जिम्मा

काठमाडौं । स्वास्थ्य सामग्री तथा उपकरणलगायतका सामग्री नेपाली सेनालाई खरिद गर्न दिने मन्त्रिपरिषद्को निर्णयप्रति क्याबिनेटका मन्त्रीले नै असन्तुष्टि जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकताअनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने भनी भएको निर्णयप्रति सरकारका क्याबिनेट मन्त्रीले नै असन्तुष्टि जनाएका हुन् । ‘बैठकमा सेनालाई जिम्मा दिने भन्ने प्रस्ताव नै आएको होइन, निजी क्षेत्रलाई दिने कि सरकार आफैंले ल्याउने भन्ने विषय उठेको हो । पछि निर्णयमा सेनालाई दिने भनेर लेखिएछ, पहिले थिएन,’ मन्त्रिपरिषद् निर्णयबारे आफूले पछि थाहा पाएको बताउँदै एक मन्त्रीले भने ।

गत आइबारको मन्त्रिपरिषद् पछि नै सोसम्बन्धी निर्णय माइन्युट गरिएको हुन सक्ने ती मन्त्रीले जानकारी दिए । मन्त्रीहरूले भने सोबारे सुनेपछि मुख्यसचिव लोकदर्शन रेग्मीसँग सोधेका थिए । त्यसबखत मुख्यसचिव रेग्मीले समेत बैठकको एजेन्डामा सो विषय नरहेको तर पछि माइन्युट लेख्दा थपिएको जानकारी मन्त्रीलाई गराएको ती मन्त्रीले जानकारी दिए ।राजधानी दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस