नेपाल लाइफद्वारा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १ करोड सहयोगको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २१ चैत्र २०७६, १७ : १२
नेपाल लाइफद्वारा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि १ करोड सहयोगको घोषणा

काठमाडौं । नेपाल लाइफको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. १ (एक) करोड सहयोग दिने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस