लकडाउनको सदुपयोग : खाना पकाउन सिक्दै बलिउड नायिका दिपिका पादुकोण

शुक्रबार, २१ चैत्र २०७६, ०७ : ४७
लकडाउनको सदुपयोग : खाना पकाउन सिक्दै बलिउड नायिका दिपिका पादुकोण

मुम्बई । अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो ।

कोरोना भाइरसको संक्रमणका कारण भारत २१ दिनका लागि लकडाउनको अवस्थामा छ । यस्तो बेलामा अभिनेत्री दीपिकाले भान्सामा बस्ने अवसर पाएकी छन् ।

यतिबेला आफूले भान्सामा बसेर इन्डियन खाना बनाउन सिकिरहेको यी अभिनेत्रीले बताएकी छन्, ‘म यो लकडाउनको अवधिमा भारतीय खाना बनाउन सिक्दै समय बिताउन चाहन्छु । ताकि मलाई आँटा, बेसार, धनियाँ, जिरा, पुदिनाको फरक, स्वाद र महत्वबारे थाहा होस् ।’ अभिनेत्री दीपिकाले भनेकी छन् ।

खाना कपाउने क्रममा आफूलाई कुकरबाट निकै डर लागेको यी अभिनेत्रीले बताएकी छन् । खाना पकाउने क्रममा कुकरको सिट्ठी लाग्दा सुरुमा आफू तर्सेको अनुभव पनि यी अभिनेत्रीले सुनाएकी छन् । अहिले पनि कुकरमा सिट्ठी लाग्दा यी अभिनेत्रीलाई डर लाग्छ ।

खाना पकाउन सिक्ने क्रममा सुरुमा केही स्वाद बिग्रिए पनि बिस्तारै मिठो बनाउन सक्ने विश्वास यी अभिनेत्रीको छ । अभिनेता तथा आफ्ना पति रणवीर सिंहलाई आफ्नै हातले खाना पकाएर खुवाउने चाहना अभिनेत्री दीपिकाको छ । त्यही भएर पनि भरमग्दुर प्रयास गरेर उनी खाना पकाउन सिक्न कम्मर कसेर लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस