कोरोना नियन्त्रण गर्न सहकारी केन्द्र स्थापना

शुक्रबार, २१ चैत्र २०७६, ०७ : ३८
कोरोना नियन्त्रण गर्न सहकारी केन्द्र स्थापना

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको संयोजनमा काठमाडौंमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको छ । कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारमा राज्यलाई सहयोग पु(याउने उद्देश्यले सहकारी अभियानकोतर्फबाट छुट्टै कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना भएको हो ।

यो केन्द्र संचालनका लागि नेपालको सहकारी अभियानले कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समिति बनाएर यसलाई ६३ औं राष्ट्रिय सहकारी दिवस अर्थात चैत २० गतेबाट संचालनमा ल्याइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यायले बिहिबार सो केन्द्रको उद्घाटन गरिन् ।

व्यवस्थापन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मनमोहन मेमोरियल अस्पतालले प्राविधिक तथा प्रशासनिक सहयोग गर्ने गरी सो केन्द्रले काम शुरु गरेको बताइन् । सो केन्द्रमा कार्य गर्ने चिकित्सवक तथा स्वास्थकर्मी मन्त्री अर्यालले बिहिबार भेन्टिलेटर, पिपिई लगायतका अन्य आवश्यक सामग्री हस्तान्तरण गरिन् । पहिलो चरणमा २५ लाखको सामाग्री व्यवस्थापन गरिएको व्यवास्था समितिका संयोजक मल्लले बताइन् ।

मन्त्री अर्यालले सो अवसरमा सहकारी अभियानले आफ्नो स्रोत साधानलाई यतिबेला कोरोना भाइरसविरुद्धको अभियानमा प्रयोग गरिरहेको बताउँदै भनिन्,‘सहकारी अभियान संकटमा राज्यलाई सहयोग गर्न तयार छ भन्ने यसले सन्देश दिएको छ । संकटबाट बेला सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

‘सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन् । देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ ।’ उनले भनिन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी अभियानको तर्फबाट भएको कामले महत्वपूर्ण सन्देश दिएको बताउनुभयो । उहाँले विपद्मा जहिले पनि सहकारी साथीका रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले केन्द्र स्थापना गरेर सहकारीले ६३ औं राष्ट्रिय सहकारी दिवस मनाउँदै महत्वपूर्ण सन्देश प्रवाह गरेको बताए । महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कोभिड–१९को रोकथाम नभएसम्म यो केन्द्र संचालनमा रहेन र यसलाई अभियानबाट सहयोग जुटाएर नमुनाका रुपमा संचालन गर्ने बताइन् ।

कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका सदस्यहरुमा केवी उप्रेती, खेमबहादुर पाठक, नारायण देवकोटा,सुरेन्द्र भण्डारी, परितोष पौडेल, माधव दुलाल, ज्ञानबहादुर तामाङ र केदार खड्का रहेका छन् । सो कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा। टोकराज पाण्डेको समेत उपस्थिति थियो । राजधानी दैनिकमा खबर छ ।