खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने सरकारको निर्णय

सफल खबर संवाददाता

विहीबार, २० चैत्र २०७६, २० : ०७

काठमाण्डौँ । सरकारले उद्योग र आयोजना सञ्चालनमा आजदेखि बाटो खुला गरेको छ । १० दिन देखिको लकडाउना कारण प्रभावित भएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले 
बाटो खुला गरेको छ । 

आज बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन उद्योग र आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । तर यस्ता उद्योगले तोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने छ भने  बाहिरबाट मजदुर ल्याउन पाउने छैन । भएका मजदुरलाई आवासीय रुपमा परिचालन गर्नुपर्ने छ । 

तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदुर धेरै रहेकाले सुरक्षाका सबै उपाए अपनाएर चलाउन समेत समितिले भनेको छ ।  उद्योग सञ्चालनको सहजीकरण भनेस्थानीय प्रशासनले गर्ने छ । 

बाली भित्र्याउन र लगाउन खुला
सरकराले हिउँदे बाली भित्र    ्याउन र लगाउनका लागि पनि खुला गरेको छ ।  बाहिरको मजदुर नल्याउने गरी स्वास्थ्य सुरक्षा अपनाएर बाली भित्र्याउन दिने आजको समितिको बैठकले निर्णय गरेको छ । मुख्य गरी यो समयमा वर्षे धान लगाउने र गहूँ काट्ने समय हो । 

यस्तै बैठकले अहिलेसम्म भए गरेका कामको समिषा गर्दै अझै प्रभावकारी कदम अघि बढाउने निर्णय पनि गरेको छ । स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रिको आपूति, शान्ति सुरक्षा तथा सूचना प्रविधिलगायतको कार्य सम्पादन गर्ने विषयमा क्यालेन्टर बनाएर अघि बढ्ने निर्णय पनि भएको छ । 

कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश (लक डाउन) को आज १०औँ दिन हो ।  आवश्यक वस्तु औषधी, खाद्य सामग्रि र ईन्धनको आपूर्ति असहज नहोस् भनेर ढुवानीका साधनलाई अझै सहज बनाईने पनि सरकारले निर्णय गरेको छ । 

सीमाको क्वारेन्टाईमा बसेका नागरिकलाई अफ्ठेरो हुन नदिने निर्णय पनि सरकारले गरेको छ । १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने भउकाले त्यसको लागि सहयोग गर्न समेत सरकराले अनुरोध गरेको छ।  

स्वास्थ्य सामग्रि खरिद : विधि पुगे नपुगेको हेर्ने छुट्टै निकाय 
सरकारका प्रवक्ता डा खतिवडाले स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट सरकरा प्रभावित नहुने बताए ।  आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने उनको भनाई थियो । 

सामग्री आएर मानिसको जीवन रक्षा भएको महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उनले महङगो भयो की भएन, विधि पुग्यो की पुगेन भनेर हेर्ने निकाय छुट्टै रहेको समेत बताए । यस्ता सामग्री सरकारी तवरबाटै ल्याउँदा रामे हुने भउकाले सरकारले प्रयास गरिरहेको उनको भनाई थियो । 

प्रतिक्रिया दिनुहोस