कोरोना भाइरसको संत्रमणबाट इटाली र स्पेनमा अहिले सम्म २२ हजार बढीको मृत्यु

विहीबार, २० चैत्र २०७६, ०९ : २२
कोरोना भाइरसको संत्रमणबाट इटाली र स्पेनमा अहिले सम्म २२ हजार बढीको मृत्यु

एजेन्सी ।  कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बढी प्रभावित  भएका इटाली र स्पेनमा हाल सम्म २२ हजार भन्दा मानिसले ज्यान गुमाएका छन् । युरोपका यी दुई देशमा कोरोनाको संक्रमण अत्याधिक रहेको छ । 

पछिल्लो केही दिनयता स्पेनमा मृत्यु हुनेको संख्या लगातार बढ्दो क्रममा छ । इटालीमा संक्रमण र मृत्युदर केही कम भए पनि भयावह नै रहेको छ ।पछिल्लो २४ घण्टामा स्पनेमा ९ सय २३ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ । ८ हजार १ सय ९५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या स्पेनमा १ लाख ४हजार १ सय १८ पुगेको छ ।

यस्तै इटालीमा पछिल्लो २४ घण्टामा थप ७ सय २७ जनाको ज्यान गएपछि कोरोना भाइरसका कारण देशमा ज्यान गुमाउनेको कुल संख्या १३ हजार १सय ५५ पुगेको छ । नयाँ संक्रमित ४ हजार ७ सय ८२ थपिएपछि इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ । इटाली र स्पेनमा भन्दा अमेरिकामा दोब्बर संक्रमित छन् । अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या ५ हजार ९९ पुगेको छ ।

गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको चीनमा भने पछिल्लो केही दिनयता संक्रमण तथा मृत्यु हुनेको संख्या थपिएको छैन । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५ सय ५४ र मृत्यु हुनेको संख्या ३ हजार ३ सय १२ रहेको छ ।

विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण ४७ हजार १ सय ८९ जनाको ज्यान गएको छ । यस्तै अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९ लाख ३५ हजार १ सय १४ रहेको छ । यसैगरी अहिलेसम्म १ लाख ९३ हजार ९ सय ८९ जना निको भएर छन् ।

प्रतिक्रिया दिनुहोस