लण्डनमा कोरोना भाइरसको संक्रमणबाट १३ वर्षिय बालकको मृत्यु

बुधबार, १९ चैत्र २०७६, ११ : १४
लण्डनमा कोरोना भाइरसको संक्रमणबाट १३ वर्षिय बालकको मृत्यु

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट लण्डनमा भएका १३ वर्षका एक बालकको मृत्यु भएको छ।

दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसबाट संक्रमित भएपछि मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले बताएको छ । उनको किङ्गस कलेज हस्पिटलमा सोमबार बिहानै मृत्यु भएको हो ।

उनी कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुने मध्ये सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइन्छ । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा २ हजार ५ हजार १ सय ५० पुगेको छ ।

मृत्यु भएका बालकको परिवारले उनमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन् । बालकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गएको शुक्रबार भएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । अहिलेसम्मको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमणबाट किशोर–किशोरी गम्भीर बिरामी पर्ने वा त्यसै कारण मृत्यु हुने सम्भावना अति कम छ ।

संक्रमित मध्ये मात्रै ०.३ प्रतिशत किशोर–किशोरीलाई अस्पताल भर्ना गर्नु पर्ने तथा ०.००६ प्रतिशतको मात्रै मृत्यु हुने गरेको देखिको छ । तर इस्माइल कोरोना भाइरसका कारण मृत्यु हुने सीमित किशोरमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस