अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न महालेखाको निर्देशन

मंगलबार, १८ चैत्र २०७६, १४ : ५३
अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न महालेखाको निर्देशन

साङ्केतिक फोटो

काठमाडौँ । लकडाउनको अवस्था भएपनि महालेखा नियन्त्रकको कार्यालयले अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न निर्देशन दिएको छ । 

महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न निर्देशन दिएको छ । 

उपमहालेखा नियन्त्रक निरज केसीद्धारा जारी सुचनामा लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस