कोरनाले युएईमा आज थप दुई जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, २० : ५९
कोरनाले युएईमा आज थप दुई जनाको मृत्यु

काठमाडौँ । युएईमा आज ४१ जना नयाँ कोरोना भाईरस संक्रमित भेटिएका छन् ।  यो सँगै युएईमा संक्रमितको संख्या ६११ पुगेको छ । आज नै थप २ जनाको मृत्यु भएको छ ।मृतकको सँख्या ५ पुगेको छ । 

युएई सरकारले कोरोना भाईरसको कारण ब्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी र कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधन मन्त्रालयले  रोजगारदाताहरुलाई यस्तो अधिकार प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई वेतलवी विदा अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलव कटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी मन्त्रालयले निर्णय गरेको हो। 

अब रोजगारदाताले कामदारलाई तलबी/बेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने भएको छ। तर यस्तो निर्णय युएईका नागरिकलाई भनें लागु हुने छैन।यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।