कोरोनाका आशंकामा राजधानीमा सोमबार तीन जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १६ : ३४
कोरोनाका आशंकामा राजधानीमा सोमबार तीन जनाको मृत्यु

काठमाडौं ।  कोरोनाका आशंकामा राजधानीमा सोमबार तीन जनाको मृत्यु भएको छ । तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिकको मृत्यु भएको हो ।

उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने र आएपछि सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।