पोखरा महानगरपालिकाले ल्यायो राहतका कार्यक्रम

सफल खबर संवाददाता

सोमबार, १७ चैत्र २०७६, १५ : ३६
पोखरा महानगरपालिकाले ल्यायो राहतका कार्यक्रम

काठमाडौं । पोखरा महानगरपालिकाले राहतका कार्यक्रम ल्याएको छ । महानगरले दैनिक ज्यालादारी गरेर छाक टार्ने अति विपन्न परिवारको लागि यस्तो कार्यक्रम ल्याएको हो । 

विपन्न परिवारलको संख्या वडाबाट संकलन गरि महानरले २ करोड रुपैयाँको कोष खडा गरेर महानरले राहत बाड्ने छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले प्रत्येक वडालाई त्यस्ता किसिमका परिवारको नामावलि संकलन गर्न निर्देशन लिई सकेको छ । 

वडाले त्यस्ता परिवारको किटान गरि सकेपछि टोकन वितरण गर्ने छ । टोक पाएको परिवारले आफ्नो टोल नजिकैको पसलबाट उक्त राहत पाउने छन् । राहत २ हजार रुपैयाँ रकम बराबरको हुने छ ।

प्याकेजमा २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, नुन र एक केजी गेडागुडी रहेको छ । महानरले करिब १० दिनसम्मको लागि यो प्याकेज ल्याएको हो । तर, १० दिनसम्ममा पनि रकम नसकिए राहत कार्यक्रम थप्ने मेयर जीसीले बताए । ‘बिपत्तिको बेला कोही पनि भोको नरहुन् भन्ने महानगरको उद्देश्य हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस