कोरोनाको कहर : ५० हजार डलर भन्दा माथिका गाडी आयातमा बन्देज

सोमबार, १७ चैत्र २०७६, ०७ : ५७
कोरोनाको कहर : ५० हजार डलर भन्दा माथिका गाडी आयातमा बन्देज

काठमाडौं । कोरोना भाइरसको असरले पारेको प्रभावसंगै सरकारले महंगा गाडी आयातमा रोक लर्गाएको छ । कोरोनाका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले तत्काल ५० हजार अमेरिकी डलरभन्दा महंगो मूल्यका गाडी आयातमा रोक लगाउने निर्णय गरेको हो।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ५० हजार  डलरमाथिका गाडी, सुपारी, मरिच लगायतका अन्य केही वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

कोरोनाको कहरमा देश परेसंगै श्रमिक, व्यापार लगायतमा पनि सरकारले राहतको प्याकेज घोषणा गरेको छ ।