मजदुरलाई राहत दिने सरकारको निर्णय

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, २१ : ४२
मजदुरलाई राहत दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मजदुरलाई राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई राहत दिने मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले निर्णय गरेको हो । 

स्थानीय तहको कोषको रकमले नपुगे सरकारी रकम खर्च गर्न सकिने बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।