कोरोना प्रकोप समाधानमा केन्द्रीय कमाण्ड पोष्ट खडा गर : राणा

आइतबार, १६ चैत्र २०७६, १६ : ५४
कोरोना प्रकोप समाधानमा केन्द्रीय कमाण्ड पोष्ट खडा गर : राणा

File Photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले कोरोना प्रकोप समाधानमा सरकारले केन्द्रीय कमाण्ड पोष्ट खडा गर्नु पर्ने बताएका छन् ।

कोरोना महामारी व्यवस्थापनका लागि गठन गरिने आपतकालीन कमाण्ड पोष्टमा चिकित्सा क्षेत्र र सुरक्षा अंग समेतको संलग्नता रहनु पर्ने अध्यक्ष राणाको भनाई छ । यस्तो केन्द्रीय संरचनाले महामारीविरुद्ध सम्पूर्ण परिचालन, व्यवस्थापन र संयोजनका कार्य अघि बढाउने छ । आइतबार ट्वीट गर्दै राणाले भने, ‘विश्व अनुभवबाट सिकौं, ढिला नगरौं ।’

चिकित्सकहरुलाई सरकारले आवश्यक उपकरण र सुरक्षा उपलब्ध गराउनु पर्ने उनको माग छ । महामारीको गाम्भिर्यताअनुरुप कोरोना भाइरस संक्रमणको परीक्षण व्यापक बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।
संकटकालीन अवस्थामा दैनिक ज्यालामा निर्भर जनतालाई राहत दिुनका साथै घरभाडा तथा बैंक ब्याज सरकारले मिनाहा गर्नु पर्दछ, राणाले भने ।

विद्यमान संकट र जोखिम मध्यनजर गर्दै सरकारले जनतालाई नियमित सूचना उपलब्ध गराउनु पर्दछ, उनले भने ।
भ्रष्टाचारविरुद्ध मत जाहेर गर्दै संकटकालीन अवस्थामा सरकारले शून्य अनियमितता सुनिश्चित गर्नु पर्ने राणाको ठहर छ ।