खैरहनीमा छैन खाद्यान्न अभाव

सफल खबर संवाददाता

आइतबार, १६ चैत्र २०७६, १६ : १९
खैरहनीमा छैन खाद्यान्न अभाव

चितवन ।   लकडाउनका वेला कृतिम अभाव सृजना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै खैरहनी नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । 

खैरहनी नगरपालिका उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा अनुगमन गरिदै आएको छ । आईतवार विहान खाद्यान्न पसल र मेडिकलहरुको अनुगमन गरिएको थियो । पसलमा अवको १० दिन सम्मलाई पुग्ने खाद्यान्न तथा किराना सामान रहेको पाईएको खैरहनी २ का वडाध्यक्ष एवंम् सार्वजनिक सेवा तथा क्षमता विकास,सुसासन समिति संयोजक टिकादत्त इटनीले वताए । तर गहुँ र आँटाको भने अभाव रहेको उनले जानकारी दिए । 

होलसेल पसलहरुले विहान ८ वजेदेखी ९ वजे सम्मको समयमा विक्री गर्दै आएका छन् । खैरहनीको मुख्य व्यापारिक केन्द्र नयाँ पर्सा र पुरानो पर्सामा अनुगमन गरिएको थियो । टोलीले गरेको अनुगमनमा केही मेडिकल हलहरु वन्द रहेको पाईएको थियो ।

पुरानो पर्सामा रहेको चौधरी पोलिक्लिनिक तथा चौधरी मेडिकल हल वन्द अवस्थामा पाईएकाले तत्काल सेवा संचालन गर्न निर्देशन दिईएको समिति संयोजक इटनीले वताए । मेडिकलहरुमा केही औषधीको अभाव रहेको डिष्टिव्युर्टसहरुले उपलव्ध नगराएको मेडिकल संचालकहरुले वताएका थिए । नागरीकको स्वास्थ्यलाई ध्यान दिन वन्द रहेका मेडिकलहरुलाई नियमित सुचारु गर्न र कोरोनाको भाईरससंग मिल्ने लक्षण देखिएमा नगरपालिकालाई जानकारी गराई तत्काल कोरोना अस्पताल भरतपुर पठाउन निर्देशन समेत दिईएको छ ।

खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाको नेतृत्वमा गरिएको अनुगमनमा नगरपालिका प्रवक्ता रामशरण पाण्डे , उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटा,खैरहनी नगरपालिका प्रशासकीय अधिकृत दामोदर अधिकारी, सार्वजनिक सेवा तथा क्षमता विकास,सुसासन समिति सदस्यहरु हाकिम सिंह उप्रेती,लक्ष्मी दराई,रामसिंह चौधरी,इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।