कोरोना कोषमा बद्री पंगेनीले दिए पचास हजार रुपैयाँ

आइतबार, १६ चैत्र २०७६, १४ : ३१
कोरोना कोषमा बद्री पंगेनीले दिए पचास हजार रुपैयाँ

File Photo

काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा लोकदोहारी गायक बद्री पंगेनीले  ५० हजार  रुपैयाँ सहयोग गरेका छन् । सरकारको पछिल्लो तत्परता लाई ध्यानमा राख्दै सपूतले उक्त रकम सहयोग गरेका हुन्। 

अहिले धापानी स्थित निवासमा लकडाउनको अवस्थामा समय बिताई रहेका पंगेनीले  राष्ट्रिय बाणिज्य बैक माफत उक्त कोषमा रकम दािखला गरेका हुन् ।

सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ ।यो लक डाउनमा आफुले पुस्तक पढ्ने, फिल्म हेर्ने र नयाँ गीत बनाउनेमा समय बिताईरहेको पंगेनीले बताए ।

प्रतिक्रिया दिनुहोस