कोरोना सन्त्रास

कालीगण्डककी कोरीडोरमा काम गर्ने  ३ सय मजदुर अलपत्र

आइतबार, १६ चैत्र २०७६, १३ : ४६
कालीगण्डककी कोरीडोरमा काम गर्ने  ३ सय मजदुर अलपत्र

नवलपुर । लकडाउनका कारण नवलपुरको पहाडी क्षेत्र काली गण्डकी कोरीडोरमा काम गर्ने मजदुर अलपत्र परेका छन ।  कालीगण्डकी कोरीडोरमा काम गर्न पुगेका रोल्पा, रूकुम, दैलेख, सल्यान, बाँके  लगाएतका मजदुर  लकडाउनका कारण घर जान नपाएका कारण अलपत्र परेका हुुन । 

नवलपुरको पहाडी गाउँ  कालीगण्डकी कोरीडोरमा काम गर्न आएका दैलेखका सन्तोष राउतले आर्थिक अभाबका कारण घर फर्किन नपाएको गुनासो गरे । उनले टेलिफोनमा भने दाल चामल सबै सकियो काम गरेको पैसा पनि पाउन सकिएन । सबै मजदुर भौकै बस्नु पर्नै भो भन्दै दुख पोखे ।उनले आफुसैगै काम गर्नै  बुलिङटारमा ३  सय मजदुर रहेको उनले बताए  । 

उनले भने ठेकदार सग पैसा माग्यो बैंक बन्द छ भन्छन पैसा नभएपछि खाली हात कसरी घर पुग्ने रासनको पैसा तिर बल्ल घर जाउ भन्छन डेकदारले पैसा दिदैन अनि कसरी घर जाने उनले भने । कालीगण्डकी कोरीडोर को ठेक्का आषिष कन्ट्ररकशन ले पाए पनि उनिहरू पेटी ठेकदार मार्फत काम गर्दै आएका छन । 

नेकपा नवपुरका सचिब  मित्र शरण सर्माले मजदुरबाट गुनासो आएपछि  अलपत्र भएका मजदुरलाई घर फर्ककाउन जिल्ला प्रशाशन कार्यलय सग समन्य गरिरहेको उनले बताए । नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सम्बधित निर्माण कम्पनीले काम बन्द गरेको र मजदुरको संख्या र पठाउनु पर्ने जिल्लाका सिफारिस दिएमा जिल्ला प्रशासन कार्यलयबाट पास उपलब्ध गराउने बताए ।  घिमिरेले  यातायात  खर्च  निर्माण कम्पनीले नै बुझाउनु पर्नै बताए ।

प्रतिक्रिया दिनुहोस