युवा रिजालले माडीको दुर्गम स्थान बाँदरभुलामा वितरण गरे ५ सय थान मास्क, आवश्यक परे निजि निवास नै क्वारेन्टाईनको रुपमा प्रयोग गर्न दिने

शनिबार, १५ चैत्र २०७६, १८ : २३
युवा रिजालले माडीको दुर्गम स्थान बाँदरभुलामा वितरण गरे ५ सय थान मास्क, आवश्यक परे निजि निवास नै क्वारेन्टाईनको रुपमा प्रयोग गर्न दिने

चितवन । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुपमा लिईरहदा नेपाल पनि यसबाट अछुतो छैन् । पछिल्लो पटक नेपालमा पनि ५ जना यो रोगका संक्रमित बिरामी फेला परेका छन् । यसको संक्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाउदै देशव्यापी लकडाउन गरेको छ ।

यसको संक्रमण फैलन नदिन सरकारसंगै सबैले आ–आफ्नो तर्फबाट हातेमालो गर्दै अगाडी बढेको छ । यसमा हातेमालो गर्दै चितवनको माडी १  निवासी हाल भरतपुरमा व्यवसाय गर्ने युवा प्रकास रिजालले ५ सय थान मास्क वितरण गरेका छन.् ।

उनले माडी ९ स्थित अति दुर्गम स्थान बाँदरझुलाका विपन्न वर्गलाई लक्षित गर्दै रोगको संक्रमण फैलन नदिन सो संख्यामा मास्क वितरण गरेका हुन । रिजालले उक्त मास्क वितरणका लागि नेपाल कम्युनिष्ट पार्टी माडी नगर कमिटिका अध्यक्ष प्रभु महतोलाई हस्तान्तरण गर्दै वितरण गरिदिन आग्रह गरेका छन् ।

माडीको बाँदरझुला भारतसंगको सिमा नजिकै रहेकाले अति जोखिममा रहेको भन्दै मास्क वितरण गर्न यही स्थान राजेको उनले बताए । सरकारको आग्रहसंग आफ्नो स्वास्थ्यसंग जोडिएको विषय भएकाले सबैले सतर्कता अपनाउन समेत उनले आग्रह गरेका छन् ।

रिजालले सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफनो निजि निवासलाई आवश्यक परे क्वारेन्टाईनको लागि पनि प्रयोग गर्न दिने बताए । माडी नगरपालिकामा कोरोना विपत्तीबाट लड्न सक्ने जति सहयोग समेत गर्ने उनको भनाई छ ।