अब राजधानीबाहिर पनि कोरोना परीक्षण

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १७ : १२
अब राजधानीबाहिर पनि कोरोना परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को परीक्षण शनिबारदेखि प्रदेश १ को धरानबाट पनि सुरु भएको छ ।  यसअघि  काठमाडौको टेकुमा मात्रै परीक्षण हुँदै आएको थियो ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्न् । 

उनका अनुसार शनिबारसम्म ८७५ जनाको परीक्षण भएको र थप ३२ जनाको परीक्षण भइरहेकाले आजैबाट परीक्षण संख्या ९ सय क्रस हुने बताए । त्यस्तै १११५ र ११३३ गरी निःशुल्क कल सेन्टर पनि सञ्चालनमा ल्याएको बताए । नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ।