दोस्रो र पाँचौ संक्रमित व्यक्ति एउटै विमानमा नेपाल आएको खुलासा

सफल खबर संवाददाता

शनिबार, १५ चैत्र २०७६, १६ : ४६
दोस्रो र पाँचौ संक्रमित व्यक्ति एउटै विमानमा नेपाल आएको खुलासा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको खुलेको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको पछि उनी कोरोना संक्रमित भएको खुलासा भएको छ ।

बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती संक्रमित बागलुङकी हुन् ।

त्यस्तै दोस्रो  काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।